गणेश खत्री भीरकाेट स्याङ्जा : हाल हाम्रो देश नेपाल विपत कालिन अवस्थामा छ । अहिलेकाे अवस्थामा काेभिड 19 काेराेनाकाे विषम परिस्थितिका कारणले गर्दा हजारौं नेपालीले दुःख पाईरहेका छन् । यस अवस्थालाई मध्यनजर गर्दै गर्दा लाखै लाख विध्यार्थी माथि ठुलाे असर पुगेकाे छ ।अझै खासमा भन्नुपर्दा त ग्रामीण क्षेत्रमा बसेवास गर्ने विध्यार्थी माथि ठुलो असर पुगेकाे छ । बिधालय जाउ त बन्द छ, घरैमा बसेर अनलाइन कक्षा पढ्नका लागि न त नेट्वोर्ककाे सुविधा छ, न त wifi काे सुविधा नै छ । अनलाईन कक्षा पढ्नका लागि नेट्वोर्ककाे सुविधा नभएकाे कारणले गर्दा प्रत्येक बालबालिका शिक्षामा बन्चित हुन् बाध्य छन्।त्यस्तै अर्को बिडम मना मेराे गाउँमा NCL काे नेट्वोर्क नभएका कारणले गर्दा हरेक बिध्यार्थी अनलाइन कक्षा पढ्न पाईरहेका छैनन्न। नेट्वोर्क E चल्छ अनि उनिहरू शिक्षकलाे पढाएकाे पढ्न पाउदैनन् अनि SMS seen मात्रै गर्न बाध्यतामा छन् । पढ्नकाे लागि घरबाट करिब करिब 30 मिनेट टाढा जानुपर्ने बाध्यता छ, अनि शिक्षकले भन्नुहुन्छ कि तिमिहरू पढ्न अाएनै अाज अामा बाबुसगँ सगै बस्नु म प्रश्न साेध्नेछु रे । के प्रश्न साेध्नुहुन्छ शिक्षक ज्यु । एकजना बिरामी भयाे भने तत्कालीन सम्पर्क गर्न सकिदैन् सम्पर्क गर्नका लागि घरबाट बाहिर जानुपर्छ त्यस समयमा करिब करिब 15 मिनेट बित्ने गर्दछ यस्काे पीडा अनि हामीहरूकाे दुःख कस्लाई सुनाउनु । शिक्षामा बालबालिका बन्चित भएकाे करिब करिब 2 बर्ष हुदा समेत हाम्रो नगरपालिका अनि बडा अध्यक्ष ज्युबाट एउटा एउटा प्रस्न समेत साेधिएकाे छैन् । भनिन्छ अाजका बालबालिका भाेलिका देशका कर्णधार हुन भनी यस्तै पारा अनि विषम परिस्थिति हुने हाे भने देश बनाउन हैन देशलाई बेच्न तर्फ लाग्नेछन् अाजका बालबालिका । सहरिया क्षेत्रमा मात्रै हाेईन ग्रामीण क्षेत्रमापनि ध्यानाकर्षण गदै बालबालिकाकाे उज्ज्वल भविष्य निर्माण तर्फ लागै भन्न चाहान्छु ।,,,,,,,
अन्त्यमा बडा नगरपालिका हुँदै केन्द्रकाे पनि ध्यानाकर्षण हाेस्।
जय देश 🇳🇵🇳🇵जय बालबालिका 🙏🙏 # भाग्याेदय मावि, भीरकाेट स्याङ्जा।

No comments:
Post a Comment