Thursday, June 24, 2021

वालमैत्रि नगरका भीरकाेटका विद्यार्थीको पिडा ;

गणेश खत्री भीरकाेट स्याङ्जा : हाल हाम्रो देश नेपाल विपत कालिन अवस्थामा छ । अहिलेकाे अवस्थामा काेभिड 19 काेराेनाकाे विषम परिस्थितिका कारणले गर्दा हजारौं नेपालीले दुःख पाईरहेका छन् । यस अवस्थालाई मध्यनजर गर्दै गर्दा लाखै लाख विध्यार्थी माथि ठुलाे असर पुगेकाे छ ।अझै खासमा भन्नुपर्दा त ग्रामीण क्षेत्रमा बसेवास गर्ने विध्यार्थी माथि ठुलो असर पुगेकाे छ । बिधालय जाउ त बन्द छ, घरैमा बसेर अनलाइन कक्षा पढ्नका लागि न त नेट्वोर्ककाे सुविधा छ, न त wifi काे सुविधा नै छ । अनलाईन कक्षा पढ्नका लागि नेट्वोर्ककाे सुविधा नभएकाे कारणले गर्दा प्रत्येक बालबालिका शिक्षामा बन्चित हुन् बाध्य छन्।त्यस्तै अर्को बिडम मना मेराे गाउँमा NCL काे नेट्वोर्क नभएका कारणले गर्दा हरेक बिध्यार्थी अनलाइन कक्षा पढ्न पाईरहेका छैनन्न। नेट्वोर्क E चल्छ अनि उनिहरू शिक्षकलाे पढाएकाे पढ्न पाउदैनन् अनि SMS seen मात्रै गर्न बाध्यतामा छन् । पढ्नकाे लागि घरबाट करिब करिब 30 मिनेट टाढा जानुपर्ने बाध्यता छ, अनि शिक्षकले भन्नुहुन्छ कि तिमिहरू पढ्न अाएनै अाज अामा बाबुसगँ सगै बस्नु  म प्रश्न साेध्नेछु रे । के प्रश्न साेध्नुहुन्छ शिक्षक ज्यु । एकजना बिरामी भयाे भने तत्कालीन सम्पर्क गर्न सकिदैन् सम्पर्क गर्नका लागि घरबाट बाहिर जानुपर्छ त्यस समयमा करिब करिब 15 मिनेट बित्ने गर्दछ यस्काे पीडा अनि हामीहरूकाे दुःख कस्लाई सुनाउनु । शिक्षामा बालबालिका बन्चित भएकाे करिब करिब 2 बर्ष हुदा समेत हाम्रो नगरपालिका अनि बडा अध्यक्ष ज्युबाट एउटा एउटा प्रस्न समेत साेधिएकाे छैन् । भनिन्छ अाजका बालबालिका भाेलिका देशका कर्णधार हुन भनी यस्तै पारा अनि विषम परिस्थिति हुने हाे भने देश बनाउन हैन देशलाई बेच्न तर्फ लाग्नेछन् अाजका बालबालिका । सहरिया क्षेत्रमा मात्रै हाेईन ग्रामीण क्षेत्रमापनि ध्यानाकर्षण गदै बालबालिकाकाे उज्ज्वल भविष्य निर्माण तर्फ लागै भन्न चाहान्छु ।,,,,,,, 


अन्त्यमा बडा नगरपालिका हुँदै केन्द्रकाे पनि ध्यानाकर्षण हाेस्।

जय देश 🇳🇵🇳🇵जय बालबालिका 🙏🙏 # भाग्याेदय मावि, भीरकाेट स्याङ्जा।

Wednesday, June 23, 2021

स्थानीय विकासको विराेध; मेयरकाे चुनावी रणनीति!

नेपाल सरकारबाट विनियोजित बजेटमा कुनै पर्टिकाे एकाधिकार हुदैन, हामी सबैको साझा स्वामित्व हुन्छ। नेता एक दुई जना हुने हाे। जनता स्वतन्त्र हुन पाउनु पर्छ। हामी लाई पार्टी हैन स्वतन्त्र जनता, समानता र दिर्घकालिन विकास, न्यायिक नेत्रित्व आवश्यक छ। मेयर ज्यु स्मरण गर्नुस् नगरपालिकाकाे वजेट नेपाल सरकारकाे पुर्ण वजेटकाे एक हिस्सा हाे। के नगरले दिने बजेट नेपाल सरकारले दिने बजेट भित्र पर्दैन ??

भीरकाेट न.पा वाड नं ७, चिउरीखर्क बाघ भैरवी मन्दिर निर्माणकाे लागि माननीय मन्त्री पद्मा अर्याल ज्युकाे क्षेत्र विकास काेषकाट विनियोजित रकम रु १०,००,०००, वाड नं ७ का वाड सदस्य डिल ब. गुरुङ्गकाे अध्यक्षतामा वसेकाे वैठकले मिति २०७८/०१/०७ गते समिति गठन गरि सम्झौता गर्न नगरपालिका जाने क्रममा ठाडो शैलीमा पार्टीगत आक्षेप लगाई सम्झौतामा गर्न नमानेकाे कुरा समितिका अध्यक्षले बताउनु भएको थियो। वजेट फ्रिज गराउने रणनीतिका साथ कर्मचारी तथा जनप्रतिनिधिको मिलेमतोमा उक्त कार्य  भएको थियाे। नेपाल सरकार बाट परित भएको रकम कार्नयन गर्न पाउनु हाम्रो अधिकार हाे, जनतालाई भ्रम फैलाएर पार्टीगत  आराेप प्रत्यारोप गरि बजेट फिर्ता गराउने   निर्णयले जनतामा नकारात्मक असर परेकाे छ। 


   निर्णयले जनतामा नकारात्मक असर परेकाे छ।  

गत आर्थिक वर्ष सानोभञ्याङ्ग तमुसमाज भवन निर्माणकाे लागि माननीय माेहन रेग्मी ज्युकाे क्षेत्र विकास काेषबाट विनयाेजित रकम रु:५,००,००० कम्युनिस्टको बजेट नलिने म नगरपालिका बाट रकम दिन्छु भन्दै स्थानीयलाई झुठो भ्रम फैलाएर बजेट फ्रिज गराउनु भएको थियो। 

Wednesday, June 16, 2021

गाेर्खा भर्ती १९४७ खारेज गराै।

 भारत सरकारले नेपाली महिलाहरुकाे अपमान गर्दै भारतीय सेनामा भर्ति लिने सुचना जारी गरेको छ। निकै जासुसी ढङ्गले बनाईएकाे याेजना नेपालीको भविष्य माथिको खेलवाड हाे,  नेपाली नारिहरुकाे मान मर्यादा विपरीत छ। यसलाई नेपाल सरकारले तत्काल खारेज गर्नु पर्छ। विदेशी सेनामा कार्यरत नेपालीहरुलाई रुमालिरहेकाे अमर्यादित सन्धि खारेज गर्दै नेपाल सरकारले गाउँ फर्क नेपाली अभियान चलाउनु पर्दछ।

सन् १९४७ नोभेम्बर ९ मा नेपाल-भारत र ब्रिटेनबीच गोर्खा  विच भएको सम्झौता लाई त्रिपक्षीय सन्धि भन्ने गरिन्छ। त्यस बेलाका तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज पदमशमशेर जबरा , ब्रिटिस र ईन्डियाका तर्फबाट सामान्य अधिकारीहरु थिए, जुन पदीय मर्यादा अनुसार अपमानजनक थियो।  हालसम्म ब्रिटिश र भारतीय सेनामा सोही सन्धिअन्तर्गत नेपाली नागरिकहरू भर्ती हुने गरेका छन्। दुवै देशले आफ्ना सेनामा गोर्खाहरूको छुट्टै सैन्य एकाइ बनाउने गरेका छन्। गोर्खा भर्तीमा सामेल हुन चाहने नेपाली युवाले कडा छनौट प्रक्रिया पूरा गर्नुपर्ने बताइन्छ। ब्रिटेनको गोर्खा ब्रिगेड्समा हाल तीन हजारभन्दा बढी नेपाली नागरिक कार्यरत छन् भने भारतीय सेनाको गोर्खा राइफल्समा ४० हजारभन्दा बढी नेपाली नागरिक काम गर्छन्। सन २०२० मा बेलायतले महिला भर्ती लिने सुचना जारी गरे लगत्तै सन २०२१ मा भारतले पनि एक सुचना मार्फत अघि बढ्ने ईच्छा देखाएको छ। यि दुवै १९४७ काे सन्धि विपरीत रहेकोले नेपालकाे लागि भबिस्यमा धातक हुन सक्ने आँकलन गरिएको छ। कुटनितिक बाटो प्रयाेग गर्दै करिब ७३ बर्ष अघि गरिएको उक्त सन्धि पुनरावाेलकन गर्दै भारतीय सेनामा भर्ती हुने निष्कपट पुर्ण परम्परा हटाउनु पर्छ। अन्था जुनसुकै समय पनि नेपाल र नेपालीको लागि अस्तित्व मेटाउन सक्ने घातक हतियारकाे रुपमा विकसित हुदै जाने छ। गाेर्खा भर्ती खारेजीको सुरुवात आजैवाट हटाउनुपर्ने जाेड्दार माग उठाउनु पर्छ।।