"यसको उपाय भनेकै प्राकृतिक स्रोत तथा वित्त आयोगको गहिरो अनुसन्धान तथा प्रदेश समन्वय परिषद्को राजनीतिक छलफल नै हो।" ठूला परियोजनाहरूमा हलो अड्किन नदिन कतिपय काममा प्रदेशहरू समन्वयकारी भूमिका र सङ्घको नेतृत्व हुँदा राम्रो देखिने उनको धारणा छ।
Monday, July 5, 2021
कालिगण्डकी-तिनाउ नदी डाइभर्सन विवाद के भन्छन् विज्ञ र भारती चासो!
Thursday, June 24, 2021
वालमैत्रि नगरका भीरकाेटका विद्यार्थीको पिडा ;
गणेश खत्री भीरकाेट स्याङ्जा : हाल हाम्रो देश नेपाल विपत कालिन अवस्थामा छ । अहिलेकाे अवस्थामा काेभिड 19 काेराेनाकाे विषम परिस्थितिका कारणले गर्दा हजारौं नेपालीले दुःख पाईरहेका छन् । यस अवस्थालाई मध्यनजर गर्दै गर्दा लाखै लाख विध्यार्थी माथि ठुलाे असर पुगेकाे छ ।अझै खासमा भन्नुपर्दा त ग्रामीण क्षेत्रमा बसेवास गर्ने विध्यार्थी माथि ठुलो असर पुगेकाे छ । बिधालय जाउ त बन्द छ, घरैमा बसेर अनलाइन कक्षा पढ्नका लागि न त नेट्वोर्ककाे सुविधा छ, न त wifi काे सुविधा नै छ । अनलाईन कक्षा पढ्नका लागि नेट्वोर्ककाे सुविधा नभएकाे कारणले गर्दा प्रत्येक बालबालिका शिक्षामा बन्चित हुन् बाध्य छन्।त्यस्तै अर्को बिडम मना मेराे गाउँमा NCL काे नेट्वोर्क नभएका कारणले गर्दा हरेक बिध्यार्थी अनलाइन कक्षा पढ्न पाईरहेका छैनन्न। नेट्वोर्क E चल्छ अनि उनिहरू शिक्षकलाे पढाएकाे पढ्न पाउदैनन् अनि SMS seen मात्रै गर्न बाध्यतामा छन् । पढ्नकाे लागि घरबाट करिब करिब 30 मिनेट टाढा जानुपर्ने बाध्यता छ, अनि शिक्षकले भन्नुहुन्छ कि तिमिहरू पढ्न अाएनै अाज अामा बाबुसगँ सगै बस्नु म प्रश्न साेध्नेछु रे । के प्रश्न साेध्नुहुन्छ शिक्षक ज्यु । एकजना बिरामी भयाे भने तत्कालीन सम्पर्क गर्न सकिदैन् सम्पर्क गर्नका लागि घरबाट बाहिर जानुपर्छ त्यस समयमा करिब करिब 15 मिनेट बित्ने गर्दछ यस्काे पीडा अनि हामीहरूकाे दुःख कस्लाई सुनाउनु । शिक्षामा बालबालिका बन्चित भएकाे करिब करिब 2 बर्ष हुदा समेत हाम्रो नगरपालिका अनि बडा अध्यक्ष ज्युबाट एउटा एउटा प्रस्न समेत साेधिएकाे छैन् । भनिन्छ अाजका बालबालिका भाेलिका देशका कर्णधार हुन भनी यस्तै पारा अनि विषम परिस्थिति हुने हाे भने देश बनाउन हैन देशलाई बेच्न तर्फ लाग्नेछन् अाजका बालबालिका । सहरिया क्षेत्रमा मात्रै हाेईन ग्रामीण क्षेत्रमापनि ध्यानाकर्षण गदै बालबालिकाकाे उज्ज्वल भविष्य निर्माण तर्फ लागै भन्न चाहान्छु ।,,,,,,,
अन्त्यमा बडा नगरपालिका हुँदै केन्द्रकाे पनि ध्यानाकर्षण हाेस्।
जय देश 🇳🇵🇳🇵जय बालबालिका 🙏🙏 # भाग्याेदय मावि, भीरकाेट स्याङ्जा।
Wednesday, June 23, 2021
स्थानीय विकासको विराेध; मेयरकाे चुनावी रणनीति!
नेपाल सरकारबाट विनियोजित बजेटमा कुनै पर्टिकाे एकाधिकार हुदैन, हामी सबैको साझा स्वामित्व हुन्छ। नेता एक दुई जना हुने हाे। जनता स्वतन्त्र हुन पाउनु पर्छ। हामी लाई पार्टी हैन स्वतन्त्र जनता, समानता र दिर्घकालिन विकास, न्यायिक नेत्रित्व आवश्यक छ। मेयर ज्यु स्मरण गर्नुस् नगरपालिकाकाे वजेट नेपाल सरकारकाे पुर्ण वजेटकाे एक हिस्सा हाे। के नगरले दिने बजेट नेपाल सरकारले दिने बजेट भित्र पर्दैन ??
भीरकाेट न.पा वाड नं ७, चिउरीखर्क बाघ भैरवी मन्दिर निर्माणकाे लागि माननीय मन्त्री पद्मा अर्याल ज्युकाे क्षेत्र विकास काेषकाट विनियोजित रकम रु १०,००,०००, वाड नं ७ का वाड सदस्य डिल ब. गुरुङ्गकाे अध्यक्षतामा वसेकाे वैठकले मिति २०७८/०१/०७ गते समिति गठन गरि सम्झौता गर्न नगरपालिका जाने क्रममा ठाडो शैलीमा पार्टीगत आक्षेप लगाई सम्झौतामा गर्न नमानेकाे कुरा समितिका अध्यक्षले बताउनु भएको थियो। वजेट फ्रिज गराउने रणनीतिका साथ कर्मचारी तथा जनप्रतिनिधिको मिलेमतोमा उक्त कार्य भएको थियाे। नेपाल सरकार बाट परित भएको रकम कार्नयन गर्न पाउनु हाम्रो अधिकार हाे, जनतालाई भ्रम फैलाएर पार्टीगत आराेप प्रत्यारोप गरि बजेट फिर्ता गराउने निर्णयले जनतामा नकारात्मक असर परेकाे छ।निर्णयले जनतामा नकारात्मक असर परेकाे छ।
गत आर्थिक वर्ष सानोभञ्याङ्ग तमुसमाज भवन निर्माणकाे लागि माननीय माेहन रेग्मी ज्युकाे क्षेत्र विकास काेषबाट विनयाेजित रकम रु:५,००,००० कम्युनिस्टको बजेट नलिने म नगरपालिका बाट रकम दिन्छु भन्दै स्थानीयलाई झुठो भ्रम फैलाएर बजेट फ्रिज गराउनु भएको थियो।Wednesday, June 16, 2021
गाेर्खा भर्ती १९४७ खारेज गराै।
भारत सरकारले नेपाली महिलाहरुकाे अपमान गर्दै भारतीय सेनामा भर्ति लिने सुचना जारी गरेको छ। निकै जासुसी ढङ्गले बनाईएकाे याेजना नेपालीको भविष्य माथिको खेलवाड हाे, नेपाली नारिहरुकाे मान मर्यादा विपरीत छ। यसलाई नेपाल सरकारले तत्काल खारेज गर्नु पर्छ। विदेशी सेनामा कार्यरत नेपालीहरुलाई रुमालिरहेकाे अमर्यादित सन्धि खारेज गर्दै नेपाल सरकारले गाउँ फर्क नेपाली अभियान चलाउनु पर्दछ।
सन् १९४७ नोभेम्बर ९ मा नेपाल-भारत र ब्रिटेनबीच गोर्खा विच भएको सम्झौता लाई त्रिपक्षीय सन्धि भन्ने गरिन्छ। त्यस बेलाका तत्कालीन प्रधानमन्त्री श्री ३ महाराज पदमशमशेर जबरा , ब्रिटिस र ईन्डियाका तर्फबाट सामान्य अधिकारीहरु थिए, जुन पदीय मर्यादा अनुसार अपमानजनक थियो। हालसम्म ब्रिटिश र भारतीय सेनामा सोही सन्धिअन्तर्गत नेपाली नागरिकहरू भर्ती हुने गरेका छन्। दुवै देशले आफ्ना सेनामा गोर्खाहरूको छुट्टै सैन्य एकाइ बनाउने गरेका छन्। गोर्खा भर्तीमा सामेल हुन चाहने नेपाली युवाले कडा छनौट प्रक्रिया पूरा गर्नुपर्ने बताइन्छ। ब्रिटेनको गोर्खा ब्रिगेड्समा हाल तीन हजारभन्दा बढी नेपाली नागरिक कार्यरत छन् भने भारतीय सेनाको गोर्खा राइफल्समा ४० हजारभन्दा बढी नेपाली नागरिक काम गर्छन्। सन २०२० मा बेलायतले महिला भर्ती लिने सुचना जारी गरे लगत्तै सन २०२१ मा भारतले पनि एक सुचना मार्फत अघि बढ्ने ईच्छा देखाएको छ। यि दुवै १९४७ काे सन्धि विपरीत रहेकोले नेपालकाे लागि भबिस्यमा धातक हुन सक्ने आँकलन गरिएको छ। कुटनितिक बाटो प्रयाेग गर्दै करिब ७३ बर्ष अघि गरिएको उक्त सन्धि पुनरावाेलकन गर्दै भारतीय सेनामा भर्ती हुने निष्कपट पुर्ण परम्परा हटाउनु पर्छ। अन्था जुनसुकै समय पनि नेपाल र नेपालीको लागि अस्तित्व मेटाउन सक्ने घातक हतियारकाे रुपमा विकसित हुदै जाने छ। गाेर्खा भर्ती खारेजीको सुरुवात आजैवाट हटाउनुपर्ने जाेड्दार माग उठाउनु पर्छ।।
Saturday, May 1, 2021
लाेकतन्त्र दिवस
लाेकतान्त्रिक आन्दोलनको ऐतिहासिक धरातल निर्माणकाे निम्ति बलिदान पुर्ण संघर्षका महान शहिदहरु प्रति सम्झना । प्रजातन्त्र पुर्नस्थापनाका याेजनाकार, महान विचारक , जनयुद्धका याेद्दाहरु , लगाएत सम्पूर्ण राष्ट्रप्रेमि सपुतहरुमा न्यानो श्रद्धासुमन।
शान्तिपूर्ण सडक आन्दोलनकारी राजनीतिक दलहरु र युद्धरत नेकपा माओवादी विच सम्पन्न १२ बुदे दिल्ली सम्झौता पश्चात् २०६२ चैत्र २६ गते सुरु भइ २०६३ वैशाख ११ गते सम्म १९ दिन लामो शान्तिपूर्ण जनआन्दोलनकाे मुसल द्वारा गरिएकाे निर्मम प्रहारबाट घुडा टेक्न बाध्य भएर राजा ज्ञानेन्द्रले कु मार्फत प्राप्त गरेकाे नेपाली जनताको अधिकार जनताकै हातमा सुम्पेको ऐतिहासिक दिन मानिन्छ । उक्त दिन प्रतिनिधि सभाकाे पुनःस्थापन भएसंगै देशभर खुसियाली छाएको यस दिनलाई लाेकतन्त्र दिवस भनेर मनाउने गरिन्छ।
२०४६ सालमा संवैधानिक राजतन्त्रकाे स्थापना पछि केही समय आराम गरेका नेपाली जनता पुर्न राजसंस्थाको वर्चस्व बढ्दै गएकाे शाेषण र दमन शहितकाे शासन व्यवस्था रहेको महशुस भएकाले मुख्य एजेन्डा राजा हटाउने भए संगै नेपालकाे राजनीतिले विकराल रुप लिएको मानिन्छ । २०५८ जेठ १९ काे कालाे कदमसंगै राजा ज्ञानेन्द्रकाे एकतन्त्रीय शासन व्यवस्थाकाे विरुद्धमा विशाल जनसागरले सडक तातिरहेको थियोे । २००७ सातसाल यताकै विराट् राजनितीक परिवर्तन मानिने यस दिनलाई नयाँ नेपाल निर्माणकाे प्रारम्भिक जग भन्ने गरिन्छ । २०७२ जेठ ३ गते सार्वजनिक रुपमा घाेषणा गरिएको संविधान यसैकाे उपज हाे।
विभिन्न राजनीति उपलब्धि तथा लाेकतन्त्रलाई संस्थागत गर्ने उदेश्यले गरिएका तमाम अभ्यासहरु दिनहुँ दिन नेपाली जनतालाई शासना वन्दै गएका छन। निराश नेपाली जनताले फेरि कुनै राजनिती छलाङकाे अपेक्षा गरेकाे सापेक्ष अनुमान गर्न सकिन्छ । ऐतिहासिक कम्युनिस्ट जनक्रन्तिकाे अग्रगामी छलाङ दुई तिहाइकाे सरकारबाट जनताले अनपेक्षित परिणाम पाए लगतै देशव्यापी नैराश्यता छाएको छ। जनताको दुख जनतासँग, नव सामन्तवाद दलाल प्रवृत्ति मौलाउदै गएकाे , दुखि गरिब र सहिदका पिडाहरु प्रकृतिक प्रकाेपले जस्तै उथलपुथल पारेको भुक्तबैरागी नेपालीहरु बताउछन् । परिवर्तनका सम्वाहक राष्ट्रप्रेमि युवाहरु अर्थात क्रान्तिकाे बिजाराेपण गर्ने बेरोजगार युबाहरु खाडिबाट देश निहाल्न वाध्य छन। दिर्घकालिन विकासका याेजनाहरु राजनितीले च्यापिदा समकालीन भ्रष्टाचारका स्रोतहरु वनिरहेकाछन। सुखि नेपाली समृद्ध नेपालको दिशाविहिन अवस्थामा गुजि्ररहेको दुर्घटनाग्रस्त साधन रेमिटेन्स मार्फत गुडिरहेको छ।
आँगनमा बसेर गिजाई रहने समाजवादकाे निम्ति ढाेका खाेल्ने याेजना सफल रहाेस, हामीले देखेकाे सपना र देखाइएका यावत सपनाहरु पुरा हुन। व्यवस्था परिवर्तन मात्र हैन व्यावस्थित वनाउनकाे निमित्त अगाडि बढौ। सम्पूर्ण नेपालीहरुमा लाेकतन्त्र दिवसको शुभकामना।
#Dolphin
अन्तर्राष्ट्रिय मजदुर दिवस
"संसारका मजदुर एक हौ" १३२ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवसकाे अवसरमा सम्पुर्ण श्रमिक मजदुर बर्ग हरुमा विशेष शुभकामना।
४ मे १८८६ अमेरिकाकाे शिकागो 'हेमार्केट' स्थित समानता,उपयुक्त श्रमज्वाला,उचित विदा सुविधा, र श्रम वातावरणको लागि एकीकृत हुने उद्घघोस गरे*र ८ घण्टा काम ८ घण्टा आराम र ८ घण्टा मनोरन्जनको एक दिवसीय समय विभाजन सम्बन्धि संयुक्त माग राख्दै सुरु गरिएकाे शान्तिपुर्ण मजदुर आनदाेलनका क्रममा प्रहरीको दवावका विच अपरिचित ब्याक्तिले प्रहरीमाथि बमविष्फोट गर्दा ४ प्रहरीसहीत ७ जनाको मृत्यु भएकाे थियाे , त्यसपश्चात घटनाको मुख्य षड्यन्त्रकारी र दोषीको रूपमा ८ जना निर्दोषलाई पक्राउ गरी फाँसी दिइयो यसैकाे सम्झना स्वरुप विश्व श्रमिक दिवस मनाउने गरिन्छ । करिब ८० भन्दा धेरै देशमा सार्वजनिक विदा र विभिन्न कार्यक्रम गरि पर्वको रुपमा मनाउने चलन छ।
सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले विश्व श्रमिक दिवस विश्वभर मनाउने निर्णय गरेको हो । त्यस यता सन् १८९० देखि हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखमा श्रमिक दिवस मनाउन सुरु गरियो ।नेपालमा सन् १९६३ देखि अन्तर्राष्ट्रिय श्रमिक दिवस मनाइदै आइएको छ। तर यस दिनलाई विसं २०६४बाट मात्र आधिकारिक सार्वजनिक विदाको रूपमा घोषणा गरियो।
१९ओेेैँ शताब्दी मजदुरहरुकाे लागि कोसे ढुङ्गा सावित भएको मानिन्छ । त्यस यता मजदुरलाई वस्तुको रूपमा हेरिन्थ्यो। कमभन्दा कम तलब दिइन्थ्यो। अझ भनौ! ज्याला, तलब दिने प्रचलन थिएन। मजदुरसँग आश्रित परिवारलाई बेवास्ता गरिन्थ्यो। हुने खाने वर्गले हुँदा खाने वर्गमाथि शोषण गरेको थियो। सन् १९१९ मा अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलएलो) को स्थापना भयो। याे संगै मजदुर वर्गकाे उच्च मुल्यांकन थप सेवा सुविधा वढ्दै गएकाे थियाे। याे संस्था आफ्नो स्थापनाकालदेखि नै श्रमिकहरूको हकअधिकारका लागि काम गर्दै आइरहेकाे छ। विश्वका धेरै मुलुक आर्थिक समृद्धितर्फ लागेपछि श्रम क्षेत्र विस्तार हुँदै गयाे।
विश्वले१७ ओैँ १८ओैँ शताब्दीमा गरेका विभिन्न अभ्यासहरु नेपालको सन्दर्भमा २१ओै शताब्दी संगै केहि नयाँ प्रयाेगहरुकाे सुरुवात भएकाे अनुमान गर्न सकिन्छ । वि.सं. १९१० सालको ऐनभन्दा पहिले हिन्दु शास्त्रसम्मत नियम थियो। त्यतिबेला खेतीपाती, पशुपालन गर्ने नोकर हुन्थे। उनीहरूलाई तलब दिँदा जिन्सी, अनपात दिने चलन थियो। वि.सं १९१० को मुलुकी ऐनअन्तर्गत खेताला, भरियालाई रोजको १० पैसाका दरले ज्याला दिने, कैदीलाई सडक खन्याउन लगाउँदा ६ पैसा ज्याला दिने, कर्मचारी, जंगी, गैर जागिरदारका लागि ज्याला व्यवस्था गरिएको थियो। २००७ सालको संविधानमा मजदुर, स्त्रीलाई बलपूर्वक, बालबालिकालाई कलिलो उमेरलाई दुरूप्रयोग गर्नु नहुने जस्ता कुरा राज्यको नीति निर्देशक सिद्घान्तअन्र्तगत राखिएको थियो। नेपालकाे हितमा २००७ मा विराटनगरमा भएको मजदुर आन्दोलन पहिलो हाे। यहीँ आन्दोलनको जग्गामा नेपालले ऐतिहासिक राजनीतिक परिवर्तन ल्याएको थियाे।
वर्तमान परिप्रेक्ष्यकाे परिधिभित्र रहेर हेर्दा फेरि एक पट्क प्राकृतिकरुपमा श्रमिकहरुकाे अधिकार हनन भएकाे दिब्य महसुस गर्न सकिन्छ। काेराेना भाइरसकाे कारण विश्व भरि करिब एकतिहाई मानिसले आम्सिक रुपमा राेजगारि गुमाएको आँकलन गरिन्छ । वैदेशिक राेजगारिकाे क्रममा रहेका नेपाली विदेशमा अलपत्र, छिमेकी मुलुक बाट आउने नागरिक सिमा नाकामा अलपत्र छन। देशको राजनीतिक अस्थिरता सत्ताकाे खिचातानी राजनीति भागबण्डा र भाग दौडले गर्दा युवा पिढि विदेशीने र देशकाे राजनीति प्रति बेवास्ता गरेकाे देखिन्छ । राज्यले देशव्यापी चरम संकट र महामारीको समयमा अभिभावक्त्व ग्राहक गर्न असक्षम रहेको प्रस्ट उदाहरण छ। प्रजातान्त्रिक प्रयाेगकाे सन्दर्भमा सामान्य राजनितीक परिवर्तन सबलनै मानिन्छ । समाजबाद बैज्ञानिक समाजवाद साम्यवादका परिकल्पना धेरै टाढाकाे बिषय बन्न पुगेको छ। पश्चिमा देशको विकास क्रमकाे इतिहास गहिरो संग अध्यान गर्यौ भने पक्कै पनि राजनीतिमा अझै डरलाग्दो कालखण्ड आउने अनुमान गर्न सकिन्छ। हामी विकासकाे प्रारम्भिक चरणमा रहेकोले यस्ता गतिविधि समयकाे माग हाे भनेर चित्तबुझ्दो जबाफ आफैभित्र महसुस गर्ने बानि परेका छाै। तर समय परिस्थितिकाे आवश्यकता अनुसार देशको राजनीतिले फरक माेड लिनु पर्छ भन्ने हाम्रो मान्यता हाे।
नव श्रमजीवी बर्गकाे वैदेशिक राेजगारी आम्दानीको प्रमुख गन्तव्य रहेको थियो तर विगत एक बर्षा यता काेराेना भाइरस ( काेभिड-१९) हाल त्यसको नयाँ स्वरुप (युके भेरियन्ट) विश्वव्यापी रुपमा फैलिएका कारण आफ्नोे राेजिराेटी गुमाएका हजारौंकाे स्वदेश फर्किने चाप बढेकाे छ। देशमा राेजगार छैन उपयुक्त वातावरण छैन , नयाँ प्रविधि छैन त्यसैले मानसिक तनावका कारण अदृश्य श्रमिकहरु ज्यान गुमाउन वाध्य छन। त्रास र संक्रमणका कारण लाखौंकाे ज्यान र करोडौंकाे राेजगारी गुमेको छ। अन्ततः संक्रमणले मानव इतिहास र अस्तित्व माथिनै धावा बाेल्न खाेजेकाे छ। विश्व नै आर्थिक मन्दीको चपेटामा पर्दै गर्दा नेपालजस्तो विकासोन्मुख देशमा ठूलो धक्का पुगेकाे छ। #नेपालमा अहिले गरिब, मजदुर र सर्वहाराको वकालत गरेर उदय भएको राजनीतिक दलको बहुमतको सरकार के गरिरहेको छ?
अत: सरकारले किन श्रमिकको समस्यालाई सम्बोधन गरिरहेको छैन? विदेशमा रहेका कामदारको आवाज किन सुनिरहेको छैन? के विदेशमा काम गर्ने वर्ग रेमिट्यान्सको लागि मात्र हो? स्वदेश फर्कने श्रमिकलाई राज्यले अब कसरी सम्बोधन गर्छ, कस्तो कार्यक्रम ल्याँउछ? कोरोनापछिको वातावरण कस्तो हुन्छ? श्रमिकले काम गर्ने वातावरण फेरि बन्ला?
श्रमिकको आन्दोलन वाट प्राप्त अधिकारलाई संस्थागत कहिले गर्ने ? व्यवस्थाकाे विरुद्ध धेरै लडाइँ भए तर श्रमिक व्यवस्था कहिले आउछ ? लडाइँ जनताको रजाइँ नेताकाे कहिले सम्म ?
By:Dolphin
Tuesday, April 13, 2021
बर्तमन राजनीति
नेपाली काँग्रेसकाे इतिहास पखाल्न सानो मेहनतले पक्कै पुग्ने छैन, अहिले सडक देखि सदन सम्म ब्वासोकाे शरिरमा बाघको छालाटाँसेर गर्जनतर्जन गरि तुजुक देखाउनु पुतलिकाे टिका लगाएर ५०० रुपैयाँ भेट्नु जस्तै हाे यदि नेपाली काँग्रेस संग राष्ट्र निर्माणको अचुक उपाय थियो भने ७० वर्ष सम्म राजाका चौतरिया वनेर बस्नु के आवश्यक थियो ? महाराजकाे दियो रुङ्ने र पन्चायत धान्ने शासकहरु पनि यही झुन्डका पात्रहरु हुन, लाेकतन्त्रकाे नाममा गरिएका श्री पाँच र श्री तिन झल्काउने गतिविधि जनताले विर्सन सक्ने छैनन् । नेपाल जलस्रोतमा दाेस्रो धनी मुलुक हाे भने शासन सत्ताले पिल्सिएर विश्वमा धेरै आँसु बगाउने मध्यमा पहिलाे नम्बरमा आँउछ यसकाे श्रेय विगत ३ दर्शक लामाे व्याक्ति केन्द्रीकृत शासन व्यवस्थाले लिने छ। विश्व परिवर्तनको पहिलो उदाहरण कम्युनिस्ट आन्दोलन हो। यिनै क्रान्तिकाे जग्गमा टेकेर मस्त झुल्ने तिम्रा अभिभावक अल्प ज्ञानका उपासक हुन। झुठा सुचना सम्प्रेषण बाट कम्युनिस्ट पार्टीको गलत र अतिरञ्जित भ्रम फैलाउने खालका कुराहरू गर्ने । याे कुप्रचारले गर्दा हामीहरु केही पछि परेजस्ताे महसुस भएको हाे तर वास्तविकता फरक र उदाहरणीय छ। कम्युनिस्ट पार्टीको सिद्धान्त के हो भन्ने कुरामा सधैं विदेशी शासकहरुको उपासन गरेर जनताकाे आँखामा छारो हाल्ने काम भईरहेकाे छ । कम्युनिस्ट सिद्धान्त ऐतिहासिक कालखण्डकाे आवश्यकता र आकस्मिकता अनुसार परिवर्तन गर्न सकिने अदभूत व्याख्या भएको महान दर्शन हो तर विगत तिन वर्षकाे शासनकालमा ७० बर्षदेखि राेकिएकाे विकासको यात्रा हिड्ने दौडिने मात्र हैन विकासको गति अन्तरिक्ष यानकाे गतिमा कुदिरहेकाे छ । अन्तर संघर्ष कम्युनिस्टहरूकाे आचरण जस्तै हाे समय बखद हुने गर्दछ। राम्रो काममा जुट्ने र नराम्रो काममा फुट्ने कम्युनिस्टको स्वभाव हाे। पार्टी फुटेर टुक्राटुक्रा भएको हैन नयाँ पालुवा पलाउने समय छुट्टयाइएको हाे विशाल अजम्मरी फुलकाे बाेट जहाँबाट पात झरे पनि डाँठ हाँगा झरे पनि नयाँ विरुवा अङ्कुराउन सुरु गर्छ। तपाईंरुको मानसिकता परिवर्तन गर्न जरुरी छ नौजवान हरु अब विकास निर्माण शान्ति सुरक्षा सुशासन देखि राष्ट्रिय अन्तरास्ट्रिय सम्वन्ध स्थापित गर्नकाे निमित्त हामी तपाईहरुकाे साथमा छौ। नेकपा एमाले।








